Pura Samachar

निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

प्रकाशित: July 23, 2021

निर्वाचनको मिति नसार्न नेम्वाङको आग्रह

साउन ८, २०७८  काठमाडौं। नेकपा एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन नसार्न आग्रह गरेका छन्। उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको निर्वाचन मिति नसार्न आग्रह गरेका हुन्। आज संसद् भवनमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिने क्रममा उनले निर्वाचन नसार्न आग्रह गरेका थिए। उनले भने,‘यो निर्वाचन हामीले सम्पन्न गर्नु पर्ने छ। प्रधानमन्त्री ज्यू यो निर्वाचन नसार्नु होला है।’

प्रतिक्रिया