Pura Samachar

देउवालाई काम गर्न सजिलो हुन्छ

प्रकाशित: July 23, 2021

देउवालाई काम गर्न सजिलो हुन्छ

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन्। सिंहले प्रधानमन्त्री ओलीले देशमा धेरै विकासका काम गरेको भन्दै अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले धेरै काम गर्न नपर्ने बताए। भने,“ओलीले देशमा पानीजहाज,रेल र हाईवेमा रनवेसमेत बनाइसकेका छन्। हाम्रा प्रधानमन्त्री देउवाले धेरै कामै गर्न पर्दैन।”ओलीले देउवालाई कांग्रेको अन्तिम प्रधानमन्त्री भनेको भाषण स्मरण गर्दै अहिले सरकारमा कांग्रेस रहेको बताए।

प्रतिक्रिया