Pura Samachar

प्रधानमन्त्री देउवालाई हसिनाको ढाका भ्रमणको निम्तो

प्रकाशित: July 23, 2021

प्रधानमन्त्री देउवालाई हसिनाको ढाका भ्रमणको निम्तो

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बधाई दिँदै ढाका भ्रमणको निम्तो दिएकी छिन्। प्रधानमन्त्री देउवालाई पठाइएको बधाई सन्देशमा उनले सहयोगका नयाँ क्षेत्रमा साझेदारीको प्रस्ताव पनि राखेकी छिन्। ढाका भ्रमणको निम्तो दिदैं हसिनाले नेपाल र बंगलादेशबीच विविध क्षेत्रमा विद्यामान सहयोगलाई देउवा नेतृत्वको सरकारले अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन्।

प्रतिक्रिया