Pura Samachar

राशिफल ९ श्रावण २०७८

प्रकाशित: July 24, 2021

राशिफल ९ श्रावण २०७८

मेष- स्त्रीवर्गसँग मनमुटाव रहनेछ । साथीभाइबाट असहयोग हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
वृष- दाजुभाइको साथले काम पूरा हुनेछ । छोटो यात्रा हुनेछ । काममा जाँगर बढ्नेछ ।

मिथुन- व्यवसायमा व्यस्तता बढ्नेछ । साझेदारी काममा फाइदा मिल्नेछ । खानपिन रमाइलोमा मन जानेछ ।
कर्कट- सवारी एवं भोगविलासमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ । मनोरन्जनमा खर्च बढ्नेछ ।

सिंह- यात्रामा झन्झट हुनेछ । स्वास्थ्यले धोका दिनेछ । सरसामानको क्षति हुनेछ ।
कन्या- आम्दामी राम्रो हुनेछ । कृषिबाट फाइदा राम्रो आउन सक्नेछ । मित्र वर्गबाट फाईदा हुनेछ ।

तुला- काममा जस मिल्नेछ । नोकरीमा फाइदा हुनेछ । राजनीतिमा अगाडि बढिनेछ ।
वृश्चिक- विदेशवाट धनको सुख हुनेछ । भ्रमणमा खर्च हुन सक्नेछ । भेटघाटमा दिन बित्नेछ ।

धनु- अधुरो काम बन्नेछ । परोपकार सामाजिक काममा समय जानेछ । ठूलाबडाको साथ मिल्नाले प्रतिष्ठा बढ्नेछ
मकर- सम्झौतामा विवाद हुनेछ । नया काममा आलस्यता बढ्नेछ । सरकारी कार्यमा बाधा आउनेछ ।

कुम्भ- घुमफिरमा खर्च हुनेछ । दाम्पत्य सुख बढ्नेछ । साझेदारीमा काम बन्नेछ ।
मीन- अध्ययनमा प्रगति हुनेछ । धनको कारोबारमा वृद्धि हुनेछ । सन्तानको प्रगति रहनेछ

प्रतिक्रिया