Pura Samachar

देशभर बदली रही केही स्थानमा भारी वर्षा हुने

प्रकाशित: July 24, 2021

देशभर बदली रही केही स्थानमा भारी वर्षा हुने

काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका सतर्कताका लागि सुझाव

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान महाशाखाले अपिल गरेकाे छ ।

प्रतिक्रिया