स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार २४ जिल्लामा २०० बढी सक्रिय रहेका छन् ।
हाल मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, नवलपरासी पूर्व, कास्की र रूपन्देही गरी देशभरका १० जिल्लामा सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका छन् । २४ जिल्लामा सक्रिय संक्रमितको संख्ख्या २०० भन्दा बढी रहेको छ ।
काठमाडौं उपत्यकाका ३ जिल्लामध्ये काठमाडौंमा ५ हजार ७८२, ललितपुर १ हजार ११६ र भक्तपुरमा ९४७ सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म देशभर ३५ लाख १७ हजार ८८९ जनाको पीसीआर र २ लाख ८२ हजार १७९ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको छ ।
हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा जम्मा पोजेटिभ ६ लाख ७६ हजार ७०८ देखिएका छन् । हालसम्म संक्रमितमध्ये ६ लाख ३९ हजार ३६८ जनालाई निको भएको छ ।
संक्रमितमध्ये निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको छ । हालसम्म ९ हजार ६७९ संक्रमितको मृत्यु भएको छ ।
कोभिडविरुद्ध पहिलो मात्राको खोप लगाउनेको संख्या ३३ लाख ४९ ९५१ रहेको छ भने पूर्ण मात्राको खोप लगाउनेको संख्या १३ लाख १२ हजार १२ रहेको छ । संक्रमितमध्ये पुरुष ६० दशमलव ३८ प्रतिशत र महिला ३९ दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।













प्रतिक्रिया