Pura Samachar

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

प्रकाशित: July 25, 2021

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए ।

‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ’, प्रमुख जिल्ला अधिकारी पराजुलीले भने, ‘आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय हुन्छ ।’

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ । यसअघि विद्यालय तथा विश्वविद्यालयको पठनपाठन भौतिक रुपमा नगरेपनि २५ जना नबढ्ने गरी भौतिक रुपमै परीक्षा सञ्चालन गर्न पाउने निर्णय भएको थियो ।

प्रतिक्रिया