Pura Samachar

पार्टी विरोधी चक्रब्यूहबाट बाहिर निस्कनुस:अध्यक्ष ओली

प्रकाशित: July 25, 2021

पार्टी विरोधी चक्रब्यूहबाट बाहिर निस्कनुस:अध्यक्ष ओली

साउन १०, २०७८ काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको चक्रब्यूहबाट बाहिर निस्कन निर्देशन दिएका छन्। अखिल नेपाल महिला संघको पहिलो सचिवालय बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, “पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्कनुस पार्टी विरोधी गतिविधि अहिलेसम्म त सफल भए। सम्पूर्णलाई गम्भीर हुन र पार्टीको पक्षमा उभिन र विरोधी चक्रब्यूहबाट बाहिर निस्कन आग्रह गर्दछु।”

प्रतिक्रिया