Pura Samachar

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ ५ बजे

प्रकाशित: July 25, 2021

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको सपथ ५ बजे

साउन १०, २०७८ काठमाडौं। नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सपथ आज साँझ ५ बजेको लागि तय गरिएको छ। श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाउने भएका हुन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। नेपाली कांग्रेसका समानुपातिक सांसद रहेका श्रेष्ठको शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युतलगायतका क्षेत्रमा लगानी रहेको छ।

प्रतिक्रिया