Pura Samachar

महन्थ ठाकुरको रिट निवेदनमाथि अन्तरिम आदेश जारी भएन

प्रकाशित: July 25, 2021

महन्थ ठाकुरको रिट निवेदनमाथि अन्तरिम आदेश जारी भएन

साउन १०, २०७८ काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको रिट निवेदनमाथिसर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। योसँगै निर्वाचन आयोगलाई विवाद निरुपणको फैसला सुनाउन बाटो खुलेको छ। आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलाशले ठाकुरको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। केही दिनअघि निर्वाचन आयोगले जसपाको विवाद ‘हेड काउन्ट’ मार्फत टुंग्याउने निर्णय लिएपछि सो निर्णयविरुद्ध ठाकुर सर्वोच्च पुगेका थिए।

प्रतिक्रिया