Pura Samachar

एमालेभित्र सहमति भइसक्यो:भीम रावल

प्रकाशित: July 26, 2021

एमालेभित्र सहमति भइसक्यो:भीम रावल

काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलले अब नेकपा एमालेभित्र कुनै विवाद नभएको बताएका छन्। आइतबार सिंहदरबारस्थित संसदीय समितिको हलमा बसेको एमालेको पूर्व कार्यदलका सदस्य र एमालेका सांसदहरूको बैठकमा रावलले पार्टीमा वैचारिक, सैद्धान्तिक कुनै विवाद नरहेको उल्लेख गरेका हुन्। पूर्व कार्यदलका सदस्य तथा सांसदहरूलाई सम्बोधन गर्दै उनले पार्टीका दुई पक्षबीच विवाद मिलाउन भएको १० बुँदे सहमतिले पार्टीका असमझदारीलाई अन्त्य गरेको बताए।

प्रतिक्रिया