Pura Samachar

महिनाको दोस्रो सोमबार शिवको पूजाआजा गरिँदैः पशुपति मन्दिर नखुल्ने

प्रकाशित: July 26, 2021

महिनाको दोस्रो सोमबार शिवको पूजाआजा गरिँदैः पशुपति मन्दिर नखुल्ने

काठमाडौं। साउन महिनाको दोस्रो सोमबार आज हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन्। साउनमा महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन्। शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसवर्ष कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै पशुपतिनाथको मन्दिर खुला गरिएको छैन।

प्रतिक्रिया