Pura Samachar

सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

प्रकाशित: July 26, 2021

सर्लाहीमा हात्तीको आक्रमणबाट एकको मृत्यु

११ श्रावण २०७८ सर्लाही / सर्लाहीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार बिहान २ बजे हरिवन नगरपालिका वडा नम्बर ४ गणेश चोक बस्ने ६२ वर्षीया तेतरी खातुनको हात्तीको आक्रमणबबाट मृत्यु भएको हो ।

उनको दायाँ खुट्टा र पेटमा चोट लागेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई नमूना अस्पताल हरिवनमा लगिएको थियो । नमूना अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारकालागि नेसनल मेडिकल कलेज वीरगञ्ज लगिएको थियो । उपचारका क्रममा सोमबार विहान साढे ६ बजे मृत्यु भएको थियो ।

त्यस्तै, बागमती नगरपालिका वडा नम्बर ४ रेल्वे नजिकै एक जनालाई हात्तीले आक्रमण गरेको थियो । उनको हात्तीको आक्रमणबाट बायाँ खुट्टा भाँचिएको र बायाँ कानमा चोट लागेको प्रहरीले बताएको छ ।

उनको नारायणी उप–क्षेत्रीय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ।

प्रतिक्रिया