
काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् ।
उनलाई आयोगको टोलीले नै त्यहाँ लिएर गएको हो । आयोगले कारागारलाई पत्र लेखेर उनलाई पठाइदिन आग्रह गरेको थियो । चौधरीले अध्यक्ष उपेन्द्र यादव समूहमै सनाखत गर्ने बताइएको छ ।
प्रतिक्रिया