Pura Samachar

अहिले पार्टी विभाजनको कुरा नै नभएको बताए:शरतसिंह भण्डारी

प्रकाशित: July 26, 2021

अहिले पार्टी विभाजनको कुरा नै नभएको बताए:शरतसिंह भण्डारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेता शरतसिंह भण्डारीले अहिले पार्टी विभाजनको कुरा नै नभएको बताएका छन्। ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ का लागि निर्वाचन आयोग पुगेका उनले सदस्यहरुको सनाखत आवश्यक नै नरहेको समेत बताए।

महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षको आधिकारिकता विवाद समाधानका लागि आज आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरिरहेको छ। बहुमत सदस्यहरु उपेन्द्र यादवको पक्षमा देखिएका छन्।

निर्वाचन आयोगमा पुगेका ठाकुर पक्षका नेता भण्डारीले कार्यसमिति नै आधिकारिक भए सनाखतको आवश्यकता नै नभएको बताएका हुन्।

‘विभाजन गर्ने माग कसैको छैन। कसको आधिकारिक हो भन्ने विषय हो,’ उनले भने।

भण्डारीले हिजोसम्म आफ्नो समूहमा रहेका सदस्यहरु आज अर्को समूहमा गएको विषयलाई इतिहासले मूल्यांकन गर्ने समेत बताएका छन्।

‘हिजो सम्म एउटामा सामेल हुने। आज अर्कोमा सामेल हुने। इतिहासले त्यसको मूल्यांकन गर्छ,’ उनले भने।

प्रतिक्रिया