Pura Samachar
  • ६५ लाख सहित दुई पक्राउ

    प्रकाशित: ६ दिन पहिले

    ६५ लाख सहित दुई पक्राउ

    नेपाल प्रहरीले स्रोत नखुलेको ६५ लाख आठ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीको टोलीले स्रोत नखुलेको उक्त रकमसहित भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार प्रहरीले बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार केसीले अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। उनीहरु बाटोमा हिँड्दै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।

    प्रतिक्रिया