Pura Samachar

देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

प्रकाशित: July 27, 2021

देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा

११ श्रावण २०७८ काठमाडाैं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मौसमको अवस्था
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका सतर्कताका लागि सुझाव

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा माैसम पूर्वानुमान महाशाखाले अपिल गरेकाे छ ।

प्रतिक्रिया