Pura Samachar

अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

प्रकाशित: July 27, 2021

अक्सिजन भरेर राख्न मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात वटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिन्डर भरेर तयारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । सङ्क्रमण दर बढ्दै गएकाले तेस्रो लहर आउन सक्ने भन्दै सबै सामाजिक विकास मन्त्रालयलाई एक हजार दरले अक्सिजनका सिलिन्डर तयारी अवस्थामा निर्देशन दिइएको मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया