Pura Samachar

अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटे

प्रकाशित: July 27, 2021

अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटे

साउन १२, २०७८

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन्।

गृह मन्त्रालयमा सोमबार राजदूत बेरी र गृहमन्त्री खाँणबीच भेटवार्ता भएको हो।

दुई देशबीच सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको राजदूत बेरीले बताएका थिए।

उनले नेपाललाई थप कोरोना खोप आवश्यक रहेमा सहयोगलाई प्राथमिकतामा राखेर सहयोग उपलब्ध गराइने पनि बताएका छन्।

भेटमा गृहमन्त्री खाँणले सरकारको प्राथमिकता जनतालाई खोप लगाउनु रहेको बताएका थिए।

प्रतिक्रिया