Pura Samachar

सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी

प्रकाशित: July 27, 2021

सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी

साउन १२, २०७८ काठमाडौँ। सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश २का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मानन्द यावदलाई हटाउने तयारी भएको हो।

सोमबारको मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिएको उच्चस्तरीय स्रोतले बतायो। उनीहरुको ठाउँमा कसलाई नियुक्ति गरियो भन्ने खुलेको छैन।

अघिल्लालाई हटाउँदै केपी ओली सरकारले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको थियो।

प्रतिक्रिया