Pura Samachar

महन्थ ठाकुर पक्षको बैठक बस्दै

प्रकाशित: July 27, 2021

महन्थ ठाकुर पक्षको बैठक बस्दै

साउन १२, २०७८ काठमाडौं। जसपाको महन्थ ठाकुर पक्षका नेताहरु आगामी रणनीति तय गर्न आज बैठक बस्दैछन्।

निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै दलविहीन बनेको पक्षले बैठकमा सो निर्णयविरुद्ध अदालत जाने विषयमा छलफल गरिने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। नयाँ पार्टी दर्ता गर्ने वा अन्य प्रक्रियाबाट अघि बढ्ने भन्नेबारे थप निर्णय भने साउन १५गतेको सर्वोच्च अदातलको आदेशपछि मात्र गरिने नेता कर्णले बताए।

प्रतिक्रिया