Pura Samachar

आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान

प्रकाशित: July 27, 2021

आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान

साउन १२, २०७८
काठमाडौं। वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष२०७७/७८मा ११६ देशमा काम गर्न जानको लागि नेपाली कामदारलाई अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ। विभागका अनुसार श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी कतार जानको लागि५४हजार९१५जना रहेका छन्। यस्तै साउदी अरब जान४६हजार९६०,युनाइटेड अरब इमिरेट्स जान ४०हजार४७७,बहराइनमा४हजार९४०,ओमान जान ३हजार१३३ र जापान जान२हजार७९ जनाले श्रम स्वीकृति लिएका छन्। गत वर्ष कूल १लाख६६हजार६९८ जनाले श्रम स्वीकृति पाएका थिए।

प्रतिक्रिया