Pura Samachar

नता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम

प्रकाशित: July 27, 2021

नता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम

साउन १२, २०७८ काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति ३४ सदस्यीय कायम भएको छ। मंगलबारको जसपाको कार्यकारिणी समितिको बैठकले ३४ सदस्यीय समिति कायम गर्ने निर्णय गरेको हो। बैठकले पार्टीको आधिकारिकता दाबी गर्दा अध्यक्ष उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गर्ने ३४ जनालाई मात्रै कार्यकारिणी सदस्य कायम गरेको हो। विधानमा ५२ सदस्यीय कार्यकारिणी समितिको व्यवस्था भए पनि हाललाई ३४ सदस्यीय कायम गरिएको छ।

प्रतिक्रिया