Pura Samachar

परिसंघमा ७ जना उपाध्यक्ष

प्रकाशित: July 28, 2021

परिसंघमा ७ जना उपाध्यक्ष

साउन १३, २०७८

काठमाडौं।नेपाल उद्योग परिसंघमा साता जना उपाध्यक्ष चयन भएका छन्। परिसंघको विधानअनुसार उनीहरु उपाध्यक्षमा चयन भएका हुन्। परिसंघको १८औं वार्षिक साधारणसभापछि विष्णुकुमार अग्रवालले परिसंघको नेतृत्व समालिसकेका छन्।निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता उपाध्यक्षमा चयन भएको विनोद चौधरीले घोषणा गरे।परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरू उपाध्यक्ष भएका हुन्।

प्रतिक्रिया