Pura Samachar

दुवै खोप लगाएकालाई पनि मास्क लगाउन भनियो

प्रकाशित: July 28, 2021

दुवै खोप लगाएकालाई पनि मास्क लगाउन भनियो

साउन १३, २०७८

अलजजिरा।अमेरिकामा भाइरसको संक्रमण पुनः बढ्न थालेपछि थप कडाई गरिएको छ। अमेरिकी सेन्टर फर डिजिज् कन्ट्रोल एण्ड प्रिभेन्सन् (सीडीसी)ले एक सूचना प्रकाशित गरी कोरोना खोपको दुवै डोज लगाएकाहरुले पनि घरभित्र रहँदा अनिवार्य मास्कको प्रयोग गर्न भनेको छ। खोप लगाइसकेकाहरुमा पनि डेल्टा भेरिएन्ट भेटिएपछि मास्क लगाउन भनिएको हो। सीडीसीले शिक्षक, स्टाफ, विद्यार्थी र अवलोकनकर्ता सबैलाई मास्क लगाउन भनेको छ।

प्रतिक्रिया