Pura Samachar

अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गरे गठबन्धन छाड्ने चेतावनी

प्रकाशित: July 28, 2021

अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गरे गठबन्धन छाड्ने चेतावनी

१३ श्रावण २०७८
काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पास गरे गठबन्धन छाड्ने चेतावनी दिनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।

गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने उहाँको भनाइ थियो । बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको आरोप समेत लगाउनु भयो । उहाँले सरकार एमसीसीलाई कसरी अघि बढाउने ध्याउन्नमा लागेकोमा यो कुरा आफू र आफेनो पार्टीलाई स्वीकार्य नहुने बताउनु भयो ।

यदी सरकारले एमसीसी अगाडी बढाएमा आफुहरु गठबन्धनबाट बाहिरने चेतावनी दिनु भएको हो । जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका अवस्थामा सरकार एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा पर्यो भन्दै आलटाल गरी रहेकोले जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ? भन्ने केसीको प्रश्न थियो ।

मंगलबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो । सो वार्तामा एमसीसीको विषयमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया