Pura Samachar

हित विपरीतका प्रावधान नहटाई एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघातीःभीम रावल

प्रकाशित: July 28, 2021

हित विपरीतका प्रावधान नहटाई एमसीसी सम्झौता अनुमोदन गर्नु राष्ट्रघातीःभीम रावल

साउन १३, २०७८
काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय हित विपरीतका प्रावधान नहटाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)सहयोग सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती हुने बताएका छन्।“नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुनेछ। देश उपनिवेशीकरणतर्फ धकेलिनेछ।यस्तो काम सरकार र पार्टीले नगरून्।यसबारे प्रतिनिधिसभा पुनःस्थापनाका लागि भएको गठबन्धनमा पनि कुनै कुरा नभएको हेक्का रहोस्”,रावलले ट्वीटरमा लेखेका छन्।

प्रतिक्रिया