Pura Samachar

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

प्रकाशित: July 28, 2021

गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना तथा मन्त्रीहरु सहभागी थिए।

प्रतिक्रिया