Pura Samachar

काठमाडौं उपत्यकामाआजदेखि भेरोसेलको खोप लगाइदै

प्रकाशित: July 29, 2021

काठमाडौं उपत्यकामाआजदेखि भेरोसेलको खोप लगाइदै

काठमाडौं । काठमाडौं उपत्यकामा विहीवारदेखि भेरोसेलको पहिलो मात्राको खोप अभियान शुरु हुने भएको छ ।

उपत्यकाका तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान विहीवारदेखि शुरु हुने भएको हो ।

काठमाडौं महानगरपालिकाका ३२ वडामा एक एक खोप केन्द्र रहनेछन् । यसपटक ५० वर्षमाथिकाले खोप लगाउन पाउनेछन् ।

यस्तै अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

उपत्यकाका राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी,, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकुमा अत्यावश्यक सेवाकाले खोप लगाउन सक्नेछन् ।

प्रतिक्रिया