
साउन १४, २०७८,
प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी ली खछ्याङले बधाई सन्देश पठाएका छन्।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार ट्वीट गर्दै उक्त जानकारी दिएकी हुन्।
बधाई सन्देश पठाउँदै उनले दुई देशबीचको रणनीतिक साझेदारीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरेको यान्छीले भनेकी छन्।
यस्तै, सन्देशमा चीन देउवा सरकारसँग मिलेर काम गर्न चाहेको उल्लेख छ।
प्रतिक्रिया