Pura Samachar

काँग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै

प्रकाशित: July 29, 2021

काँग्रेस पदाधिकारीको बैठक आज पनि बस्दै

साउन १४, २०७८

काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी बैठक आजपनि बस्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठक महाधिवेशको तयारी र क्रियाशील सदस्यता विवाद समाधानमा केन्द्रित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। हिजोको बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी रहेका सदस्यता विवाद टुंग्याएर २४ घण्टाभित्र प्रतिवेदन पेस गर्न भनेको थियो। समितिले आजै बाँकी रहेका सदस्यता विवाद टुंग्याएर बैठकमा प्रतिवेदन प्रस्तुत गर्नेछ।

प्रतिक्रिया