
१४ श्रावण २०७८,
काठमाडौं । नेकपा (एमाले) को खनाल–नेपाल पक्षको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
साउन १६ गते शनिबारका लागि बबरमहलस्थित कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो । उक्त भेलालाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गर्नुहुने भएको छ ।
भेलाको तयारीस्वरुप आज उपत्यकास्तरीय विशेष भेला राखिएको पराजुलीले बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली निकट संगठनले युथ फोर्स गठन गरेपछि माधव समूहले त्यसको काउन्टरमा अखिल फोर्स गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया