
१४ श्रावण २०७८
काठमाडौं । सांसदबाट पदमुक्त भएका पूर्वमाओवादीका नेताहरुले दायर गरेको मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ ।
माओवादी केन्द्रका कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसद र एकजना प्रदेश सांसदले पुनर्वहालीको माग गर्दै मुद्दम दायर गरेको थियो । पाँचैजनाको रिटमाथिको सुनुवाइका लागि वरिष्ठतम न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको थियो । तर, आज हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले हिजो बुधवार रिट दायर गर्नुभएको थियो । त्यस्तै लुम्बिनीका प्रदेश सभा सदस्य दधिराम न्यौपानेले पनि साउन ४ गते रिट दर्ता गराउनुभएको थियो ।
पाँचैजनाले आफूहरूलाई माओवादीले गरेको कारवाही गैरकानूनी भएको भन्दै उत्प्रेषणको आदेशबाट सांसद पदमा वहाली माग गर्नुभएको छ । उहाँहरुले आफूहरूले दल त्याग नगरेको दावी गर्नुभएको छ ।
प्रतिक्रिया