Pura Samachar

झापामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु

प्रकाशित: July 29, 2021

झापामा कोरोना संक्रमणबाट  पाँचजनाको मृत्यु

१४ साउन २०७८

काठमाडौं : झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४२ पुगेको छ। यसअघि मंगलबार झापामा चार जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन्। त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताए। रासस

प्रतिक्रिया