Pura Samachar

क्रियाशील सदस्यता नटुङ्गिएकै कारण महाधिवेशन रोकिने अवस्था छैनः प्रदीप पौडेल

प्रकाशित: July 29, 2021

क्रियाशील सदस्यता नटुङ्गिएकै कारण महाधिवेशन रोकिने अवस्था छैनः प्रदीप पौडेल

काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले सदस्यता विवाद नटुङ्ग्याएकै कारणले महाधिवेशन नरोकिने बताएका छन्। समितिले ९६ प्रतिशत क्रियाशील सर्वसम्मतिले टुङ्ग्याएको र बाँकी रहेका विषय शीर्ष नेतृत्वले टुङ्ग्याउने उनले बताए। उनले भने, ‘अब बाँकी रहेका सप्तरी, बारा, धनुषा–४, सर्लाही–२, सिन्धुपाल्चोक, रसुवा र सय वटा वडाहरूको क्रियाशील केन्द्रीय नेतृत्व छलफल र निर्णय गर्नेछ।’

प्रतिक्रिया