Pura Samachar

पिकअप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

प्रकाशित: July 30, 2021

पिकअप दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

१५ साउन २०७८

धनुषा : धनुषामा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा परी पाँच जना घाइते भएका छन्। ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ। उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ। आज बिहान ५:०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेट ज२००२०००१ख ००३५ नम्बरको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया