Pura Samachar

मकवानपुरको एउटै कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

प्रकाशित: July 30, 2021

मकवानपुरको एउटै कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि

१५ श्रावण २०७८, शुक्रबार

मकवानपुर । मकवानपुरको एउटै कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कारागारमा रहेका ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ३ सय ५५ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जानकारी दिनुभयो । बुधबार र बिहीबार गरिएको परीक्षणमा ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको हो ।

कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएपछि कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको थियो । कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै किसिमको लक्षण भने नदेखिएको उपाध्यायले बताउनुभयो ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै छुट्टै ब्लकमा स्वास्थ्यकर्मीको निगरानीमा निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया