Pura Samachar

कांग्रेस शीर्ष नेताको बैठक जारी

प्रकाशित: July 30, 2021

कांग्रेस शीर्ष नेताको बैठक जारी

साउन १५, २०७८

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंग्याउन आज शीर्ष नेताहरुको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवासमा बिहान ११ बजेबाट जारी बैठकले क्रियाशील सदस्यता छानवीन समितिले बुझाएको प्रतिवेदनले छाडेका विषय टुंगो लगाउने जनाइएको छ। बैठकमा देउवा,रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेता तथा समितिका संयोजक रमेश लेखक सहभागी छन्। यसअघि बसेको बैठकले विवादको समाधान निकाल्न पाँच दिनको समय दिएको छ।

प्रतिक्रिया