Pura Samachar

ओलम्पिकः नेपालकी सरस्वती पहिलो चरणबाटै बाहिरिन्

प्रकाशित: July 30, 2021

ओलम्पिकः नेपालकी सरस्वती पहिलो चरणबाटै बाहिरिन्

साउन १५, २०७८

काठमाडौं। नेपालकी धावक सरस्वती चौधरी टोकियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्। एथलेटिक्समा महिला १०० मिटर दौडमा आज बिहान सम्पन्न खेलमा सरस्वतीले निर्धारित दुरी १२.९१ सेकेण्डमा पूरा गरेकी थिइन्। सरस्वतीले व्यक्तिगत प्रदर्शनसमेत सुधार्न सकिनन्। यस स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सकेन्ड छ। देवीमाया पनेरुको नाममा १२.२० सेकेण्डको राष्ट्रिय कीर्तिमान छ। सरस्वती अन्तिम समयमा गोपीचन्द्र पार्कीको स्थानमा टोकियो गाएका हुन्।

प्रतिक्रिया