
साउन १५, २०७८
प्रतिनिधि सभाको बैठक बस्दैछ ।
आजको बैठकमा जम्मा एउटा मात्र कार्यसूची तोकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको सरकारको आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०७६/७७ पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जनाएका छन् ।
अन्य थप कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसिरहेको छ ।
प्रतिक्रिया