Pura Samachar

प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण

प्रकाशित: July 30, 2021

प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण

साउन १५, २०७८

काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आज पदभार ग्रहण गरेका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको हो। शेरचन नियुक्त भएसँगै यादव हिजो बिदाइ भएर गएका छन्। नयाँ प्रदेश प्रमुखले पदभार ग्रहण गरेसँगै लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुको मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने रणनीतिमा छन्। शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन्।

प्रतिक्रिया