Pura Samachar

नेकपा एमालेका सांसद भीमबहादुर रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) नेपालको हितमा नभएको बताए

प्रकाशित: July 30, 2021

नेकपा एमालेका सांसद भीमबहादुर रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) नेपालको हितमा नभएको बताए

काठमाडौँ – नेकपा एमालेका सांसद भीमबहादुर रावलले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) नेपालको हितमा नभएको बताएका छन् । आजको प्रतिनिधि सभाको बैठककाे विशेष समयमा बोल्दै रावलले देशको राजनीति अस्थिर हुँदा विभिन्न सन्धी सम्झौता हुने गरेको बताएका हुन् ।

‘जुनजुन बेला राजनीति परिवर्तन हुन्छ । सरकार परिवर्तन हुन्छ । नेपाली जनताको स्वाभिमान ओझेलमा पर्नेगरी सन्धी सम्झौता हुन्छन् । एमसीसी सम्झौता त्यस्तै हो । म यहाँबाट सदन र देशभक्त नेपालीलाई भन्न चाहन्छु । त्यो सम्झौता जुन सदनमा पेश भएको छ । अरु गोप्य सम्झौता पनि भएका छन्,’ उनले भने, ‘एमसीसीको प्रावधान सबै पढेको छु । एमसीसी सम्झौता कार्यान्व्यन नभई कार्यालय कसरी खुल्छ ? नुवाकोटमा जग्गा अधिग्रहण कसरी हुन्छ ? यो संसदले त्यसको बारेमा निर्णय गर्नुपर्छ ।’

उनले पूर्वप्रधानमन्त्रीहरूले बाह्य हस्तक्षेपबाट भएको भनेर वक्तव्य जारी गर्नुको संकेत के भन्दै प्रश्न पनि गरे । ‘नेपाल कुनै सैन्य गठबन्धनमा बस्नु हुँदैन । अमेरिकी मन्त्रीहरूले पटक-पटक यो सैन्य रणनीति हो भनेका छन् । अमेरिकी मन्त्री आधिकारिक हुन् कि नेपाली ?,’ उनले भने, ‘त्यसमा भएका कतिपय व्यवस्था संविधान र कानुनसँग बाँझिएका छन् ।’

प्रतिक्रिया