Pura Samachar

आठ लाख डोज खोप आउँदै

प्रकाशित: July 30, 2021

आठ लाख डोज खोप आउँदै

२०७८ श्रावण १५ गते

चीनबाट आज (शुक्रबार) कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ ।

दिउँसो नेपाल एयर लाइन्सको वाइडबडी जहाजबाट थप आठ लाख डोज खोप काठमाडौं आइपुग्ने जनाइएको छ ।

नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम ‘खेप खोप ल्याउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । त्यो खोप कहिले नेपाल आउने भन्नेबारे टुंगो नलागेको व्यवस्थापन शाखाले जनाएको छ ।

प्रतिक्रिया