Pura Samachar

पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि भएन सुनुवाइ

प्रकाशित: July 30, 2021

पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि भएन सुनुवाइ

साउन १५, २०७८

काठमाडौं।एमालेमा गएपछि माओवादी केन्द्रले कारबाही गरेर पदमुक्त भएका ४ नेताले प्रतिनिधिसभा सदस्यमा पुनर्बहालीकाे माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ।न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो।यसअघि बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो।प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी,लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्।

प्रतिक्रिया