Pura Samachar

संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको

प्रकाशित: July 30, 2021

संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको

२०७८ श्रावण १५ गते

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रदीप गिरिले शुभकामनासँगै चेतावनी दिएका छन् । गिरिले यो संविधान र गणतन्त्र नै मास्ने प्रयास असफल बनाएर विशेष अवस्थामा देउवा सरकार आएको भन्दै उनलाई सत्ताभोगका लागि मात्र सरकारमा बस्ने छुट नभएको बताए ।

“म यहाँ सुभकामनासँगै प्रधानमन्त्रीजीलाई सानो कुरा सम्झाउँन उभिएको हुँ,” गिरिले भने, “३०६२÷६३ पछिको सरकारमा हाम्रा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा विस्तृत शान्ति सम्झौता भएको थियो, अन्तरिम संविधान बनेको थियो । त्यसका हस्ताक्षरकर्ता अहिले पनि यहाँ हुनुहुन्छ ।” उनले त्यसरी गणतन्त्र ल्याउनेहरु नै अहिले पनि संसदमा भए पनि जनताले भने परिवर्तनको महसुस गर्न नसकेको बताए ।“गणतन्त्र आएपछि पनि किन लागेन नेपाली जनतालाई हाम्रो पालो आएछ ?,” गिरिले प्रश्न गरे, “चप्पल लगाउने नागरिकलाई किन लागेन अव त परिवर्तन भएछ ?” उनले आफ्नो प्रश्न प्रधानमन्त्री बनेका शेरबहादुर देउवासँगै अरुलाई पनि भएको बताए ।

“सबै पक्षलाई म भन्दैछु यो दश वर्ष किन उपयोगी भएन ?,” गिरिले प्रश्न थप प्रश्न गरे, “यो सत्ता गठबन्धन किन आवश्यक भयो ?” उनले आम जनताका समस्यामा बेखबर बनेर सर्वोच्चको फैसलामा खुसी मात्र नहुन प्रधानमन्त्री देउवालाई चेतावनी दिए ।

“आम जनतामा असन्तोष आएको छ, नागरिक आवाज आज पनि विद्रोही हुँदैछ,” गिरिले प्रधानमन्त्रीलाई सुझाव दिँदै भने, “त्यसलाई विर्सिएर सर्वोच्चका पछिल्ला दुई फैसलाबाट खुसी भएर बस्न मिल्दैन ।”

उनले संविधान निर्माण पश्चात भएको निर्वाचनपछिको पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद नै विघटन गर्ने आँट कहाँबाट आयो भन्ने कुरामा ध्यान दिन पनि आग्रह गरे ।

“मुख्य कुरा हामीले ठूलो प्रयास गरेर यो संविधान जोगाएका छौं, सभामुख महोदय म मात्र त्यस्तो सांसद हुँ जसले संविधानका कतिपय विषयमा प्रश्न उठाएर हस्ताक्षर गरेको छुइन,” गिरिले भने, “तर, यही संविधान दुर्घटनामा जान लाग्दा र मेरै पार्टीमा दुई मत रहँदारहँदै मैले नै यो संविधानको रक्षा हुनुपर्छ, त्यसका लागि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भनेको हुँ । मलाई लाग्यो, संविधानमा त्रुटी त भइहाल्यो, अव सबै कुरा दुर्घटनामा जान दिनुहुन्न ।” उनले प्रधानमन्त्री हुँदा ओलीको आँटको स्रोतबारे पनि प्रश्न उठाए ।

प्रतिक्रिया