
शुक्रबार, साउन १५, २०७८
काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३६११ जना नयाँ संक्रमित थपिएका छन् ।
यो अवधिमा ९ हजार ७ सय ८३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४८ सय ७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा २७ जना संक्रमितको दुखद निधन भएको छ ।
पछिल्लो २४ घण्टामा १८ सय १६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया