Pura Samachar

केही प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित: July 31, 2021

केही प्रदेशमा भारी वर्षाको सम्भावना

साउन १६, २०७८

काठमाडौं। हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १का केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाले बताएको छ।

प्रतिक्रिया