Pura Samachar

जसपा संसदीय दलको बैठक बस्दै

प्रकाशित: July 31, 2021

जसपा संसदीय दलको बैठक बस्दै

साउन १६, २०७८०९:२८

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले आज संसदीय दलको नेता चयन गर्दैछ। नेता छान्न सिंहदरबारस्थित दलको कार्यालयमा आज बिहान११बजे संसदीय दलको बैठक बस्ने जसपाका सांसद रेणुकुमारी यादवले जानकारी दिइन्। अहिले पनि निर्वाचन प्रक्रियाबारे छलफल गर्न जसपा सांसदहरुको छलफल चलिरहेको यादवले बताइन्। निर्वाचन आयोगबाट अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो। दलको नेतामा अध्यक्ष यादव चयन हुने निश्चित छ।

प्रतिक्रिया