Pura Samachar

संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन

प्रकाशित: July 31, 2021

संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन

साउन १६, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।

शनिवार पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको दलको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष यादवलाई दलको नेता चयन गरेको हो ।

नेता चयनका लागि साउन १२ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवराज सुवेदीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहनुभएको थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टी एकीकरण भएर जसपा बने पनि संसदीय दलको नेता चयन भएको थिएन । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

तर‚ गत साउन ११ गते निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिएपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया