Pura Samachar

खोप लगाउनेको संख्या ५६ लाखभन्दा धेरै

प्रकाशित: July 31, 2021

खोप लगाउनेको संख्या ५६ लाखभन्दा धेरै

साउन १६, २०७८

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोपको अभियानअन्तर्गत देशभर ५६ लाख ८२ हजार ६२७ जनाले खोप लगाएका छन्।

स्वास्थ्य मन्त्रालयकाअनुसार हालसम्म पहिलो मात्रा खोप ३९ लाख ३६ हजार ७२४ जनाले लगाएका छन् भने पूर्ण मात्रा लगाउनेको संख्या १७ लाख ४५ हजार ९०३ रहेको छ।

पछिल्लो २४ घण्टामा देशभर २ लाख ८० हजार ९४१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया